Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सरकारी विज्ञापन निर्णयविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश

सरकारी विज्ञापन निर्णयविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश

काठमाडौं । सर्वोच्च अदालत ले सरकारी विज्ञापन निजी मिडियालाई नदिने निर्णयविरुद्ध परेको रिटमा सरकारसँग कारण देखाऊ आदेश जारी गरेको छ।

न्यायाधीश मेघराज पोखरेल को इजलासले दुवै पक्षलाई छलफलका लागि बोलाउँदै लिखित जवाफ मागेको हो।

नेपाल मिडिया सोसाइटी का तर्फबाट दायर रिटमा उक्त निर्णयले अभिव्यक्ति स्वतन्त्रतामाथि असर पर्ने जिकिर गरिएको छ। अब छलफलपछि अन्तरिम आदेशबारे निर्णय हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *