Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको प्राथमिकता: सीमा सुरक्षा सबलीकरण

सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको प्राथमिकता: सीमा सुरक्षा सबलीकरण

नव नियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा सुरक्षालाई आफ्नो प्रमुख प्राथमिकता रहेको बताएका छन्। पदभार ग्रहणपछि उनले संगठनको नीतिगत, संस्थागत र संरचनागत सुधारका लागि रणनीतिक कार्ययोजना तयार भइसकेको जानकारी दिए।

पौडेलले सीमा सुरक्षा सुदृढ गर्दै मानव स्रोत विकास, आधुनिक प्रविधिको प्रयोग र सेवा प्रवाहलाई प्रभावकारी बनाउने बताए। साथै, संगठनलाई नीतिमा आधारित, पारदर्शी र जनउत्तरदायी बनाउने प्रतिबद्धता पनि व्यक्त गरे।

उनले सशस्त्र प्रहरीलाई समयसापेक्ष बनाउन ऐन संशोधन आवश्यक रहेको उल्लेख गर्दै सरकारसँग सहकार्य गरेर सुधार अघि बढाइने बताए। सीमा सुरक्षा, राजस्व, भन्सार, औद्योगिक र रेलवे सुरक्षामा संगठनलाई अझ प्रभावकारी बनाइने उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *