Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > स्मार्ट टेलिकमका पूर्व प्रबन्ध निर्देशक सर्वेश जोशी पक्राउ

स्मार्ट टेलिकमका पूर्व प्रबन्ध निर्देशक सर्वेश जोशी पक्राउ

काठमाडौं — केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशीलाई पक्राउ गरेको छ। उनलाई ठगी तथा आपराधिक विश्वासघातको आरोपमा नियन्त्रणमा लिइएको हो।

सीआईबीका अनुसार जोशीलाई सोमबार काठमाडौं महानगरपालिका–२ खुर्सानीटारबाट पक्राउ गरिएको हो।

२०८० वैशाख ३ गते स्मार्ट टेलिकमको लाइसेन्स स्वतः रद्द भएको थियो भने त्यसपछि कम्पनीको सम्पत्ति नेपाल दूरसञ्चार प्राधिकरणले नियन्त्रणमा लिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *