Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सांसदहरूको आपत्ति : प्रधानमन्त्रीसँगको प्रश्नोत्तर प्रक्रिया नियमविपरीत भएको आरोप

सांसदहरूको आपत्ति : प्रधानमन्त्रीसँगको प्रश्नोत्तर प्रक्रिया नियमविपरीत भएको आरोप

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाहसँग भएको प्रत्यक्ष प्रश्नोत्तर प्रक्रियामाथि विभिन्न दलका सांसदहरूले आपत्ति जनाएका छन्।

सांसदहरूले नियमावलीअनुसार १५ जनासम्मले प्रश्न सोध्न पाउने व्यवस्था भए पनि सीमित सांसदलाई मात्र अवसर दिइएको भन्दै प्रक्रिया अधुरो र नियमविपरीत भएको आरोप लगाए। उनीहरूले प्रधानमन्त्रीको जवाफ अन्तर्राष्ट्रिय सम्बन्ध र संवेदनशील विषयमा तथ्यपरक हुनुपर्नेमा पनि जोड दिएका छन्।

सांसदहरूले प्रश्नोत्तर कार्यक्रमलाई नियमित र व्यवस्थित बनाउन तथा संसदीय मर्यादा कायम राख्न सभामुखको ध्यानाकर्षण गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *