Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सांसद खनालको घर ऐलानी जग्गामा, नक्सापास र लालपूर्जा नभएको खुलासा

सांसद खनालको घर ऐलानी जग्गामा, नक्सापास र लालपूर्जा नभएको खुलासा

कैलाली – लम्कीचुहा–१ बसपार्क नजिक रास्वपा सांसद केपी खनालको निर्माणाधीन घर ऐलानी जग्गामा रहेको र नक्सापास तथा लालपूर्जा नभएको खुलेपछि चर्चा बढेको छ।

नगरपालिकाका अनुसार उक्त क्षेत्र अव्यवस्थित बसोबासमा पर्छ र हालसम्म जग्गाको स्वामित्व प्रमाण जारी भएको छैन।

खनाल पक्षले घर पारिवारिक स्रोतबाट बनेको बताउँदै अतिक्रमणको आरोप अस्वीकार गरे पनि लालपूर्जा नभएको स्वीकार गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *