काठमाडौं। सरकारले सार्वजनिक यातायात तथा मालवाहक सवारीको भाडा पुनः बढाएको छ। यातायात व्यवस्था विभाग ले अन्तरप्रदेशीय भाडादर समायोजन गर्दै करिब ५ प्रतिशतले वृद्धि गरेको हो।
इन्धनको मूल्यमा भएको परिवर्तनका आधारमा स्वतः भाडा समायोजन हुने प्रणालीअनुसार नयाँ दर लागू गरिएको विभागले जनाएको छ। पछिल्लो समायोजनपछि यात्रुवाहक तथा मालवाहक दुवै सवारीको भाडा बढेको छ।
यस निर्णयसँगै यात्रु तथा व्यवसायीलाई थप आर्थिक भार पर्ने देखिएको छ।


