काठमाडौं। नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले वर्तमान सरकारका गतिविधि लोकतान्त्रिक मूल्य र संविधान विपरीत भएको आरोप लगाएका छन्।
यदु स्मृति दिवसका अवसरमा उनले ट्रेड युनियन र विद्यार्थी संगठनमाथि हस्तक्षेप भएको दाबी गर्दै सरकारले जनअधिकारलाई बेवास्ता गरेको बताए।
पौडेलले संसद छलेर अध्यादेशमार्फत शासन गर्ने प्रवृत्ति बढेको भन्दै सरकारको शैलीप्रति गम्भीर आपत्ति जनाएका छन्।


