काठमाडौँ – शुक्रबार प्रधानमन्त्रीको कार्यभार सम्हालेका बालेन्द्र शाहले आइतबार दिउँसो सिंहदरबारस्थित कार्यालयमा मन्त्रीहरूसँग विशेष छलफल गरेका छन्।
बैठकमा विशेषगरी पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउ पछिको विकसित राजनीतिक अवस्थाबारे छलफल भएको अनुमान गरिएको छ।
आइतबार बिहान मात्रै पूर्वऊर्जामन्त्री दीपक खड्का सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका छन्, जसले राजनीतिक वृत्तमा थप हलचल ल्याएको छ।
प्रधानमन्त्री शाह र मन्त्रिपरिषद्का सदस्यहरूबीचको यो भेटघाटलाई सरकारको आगामी रणनीति र ‘एक्सन’सँग जोडेर हेरिएको छ।


