Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > प्रचण्ड चुनिए नेकपा संसदीय दलको नेता

प्रचण्ड चुनिए नेकपा संसदीय दलको नेता

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन भएका छन्।
आइतबार कोटेश्वरस्थित पेरिसडाँडामा बसेको संसदीय दलको बैठकले प्रचण्डलाई दलको नेताको जिम्मेवारी दिने निर्णय गरेको हो।
हालै सम्पन्न निर्वाचनमा नेकपाले प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ९ गरी कुल १७ सिट जितेको छ।
नेता चयनलगत्तै नवनिर्वाचित सांसदहरूका लागि संसदीय प्रक्रिया र पार्टी नीतिका बारेमा प्रशिक्षण (तालिम) सुरु गरिएको सांसद रमेश मल्लले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *