Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सिटौला हटाइएपछि कोशीमा कांग्रेसभित्र असन्तुष्टि, मन्त्री पराजुलीले गरे निर्णयको विरोध

सिटौला हटाइएपछि कोशीमा कांग्रेसभित्र असन्तुष्टि, मन्त्री पराजुलीले गरे निर्णयको विरोध

कोशी प्रदेशमा कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई संसदीय दलको नेताबाट हटाइएपछि पार्टीभित्र असन्तुष्टि देखिएको छ। उनलाई हटाएर सांसद कमला पन्तलाई नियुक्त गरिएपछि कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले निर्णयप्रति आपत्ति जनाएका छन्।

मन्त्री पराजुलीले सिटौलालाई हटाउने कदम गलत र पार्टीहित विपरीत भएको भन्दै निर्णय फिर्ता लिन आग्रह गरेका छन्। उनले सिटौलाको लामो राजनीतिक योगदान र नेतृत्व क्षमतालाई सम्मान गर्नुपर्ने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *