Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > आईजीपी अर्याल: अपराध र तस्करलाई कानुनले ठोक्ने हो, माया होइन

आईजीपी अर्याल: अपराध र तस्करलाई कानुनले ठोक्ने हो, माया होइन

धनगढी, २२ चैत २०८२ – सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आईजीपी) राजु अर्यालले सीमा क्षेत्रमा हुने अपराध, तस्करी र सुरक्षाकर्मीमाथिको आक्रमणप्रति शून्य सहनशीलता अपनाउन निर्देशन दिएका छन्। कैलालीको अत्तरियामा आयोजित सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनीको २५औं स्थापना दिवसमा सम्बोधन गर्दै उनले अपराधी र तस्करलाई कानुन अनुसार कारवाही गर्नुपर्ने बताएका छन्।

अर्यालले खक्रौलामा सुरक्षाकर्मीमाथि भएको आक्रमण जस्ता घटनाबाट पाठ सिक्न र यस्ता घटनाहरू नदोहोरिन सुनिश्चित गर्न निर्देशन दिए। उनले कानुनी बल प्रयोग गर्न नरोकेको स्पष्ट पारेका छन् र सुरक्षाकर्मीलाई आक्रमणका बिरुद्ध दृढ प्रतिवाद गर्न आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *