प्रतिनिधिसभा बैठकमा सांसद आशिका तामाङले नेपाल–भारत सीमामा देखिएको समस्या र सुस्तामा भारतीय पक्षको गतिविधिबारे सरकारसँग स्पष्ट जानकारी माग गरेकी छन्।
उनले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको सार्वभौमिकतासँग जोडिएको संवेदनशील विषय भएको उल्लेख गर्दै सीमा सुरक्षामा सरकार अझ कडा हुनुपर्ने बताइन्।
आवश्यक परे सीमावर्ती क्षेत्रमा सहमतिमा पर्खाल वा काँडेतार लगाएर भए पनि सीमा नियन्त्रण मजबुत बनाउन सकिने उनको सुझाव थियो। साथै, सीमासम्बन्धी विषयमा सत्यतथ्य छानबिन र कूटनीतिक पहल गर्न उनले सरकारलाई आग्रह गरिन्।


