Friday, June 05, 2026
Home > मुख्य समाचार > सुकुम्वासी व्यवस्थापन: २३ परिवार ‘होल्डिङ सेन्टर’मा

सुकुम्वासी व्यवस्थापन: २३ परिवार ‘होल्डिङ सेन्टर’मा

काठमाडौं । थापाथली र गैरीगाउँलगायत क्षेत्रबाट विस्थापित २३ सुकुम्वासी परिवार शनिबारसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको ‘होल्डिङ सेन्टर’मा पुगेका छन्।

उपत्यका विकास प्राधिकरणले त्यहाँ पुगेकाहरूको तथ्यांक संकलन गरिरहेको छ। साथै, बबरमहल, भीमसेनगोला र पेप्सीकोलास्थित स्वास्थ्य केन्द्रहरूमा प्राथमिक उपचारको व्यवस्था गरिएको छ।

सरकारले वाग्मती किनारका सुकुम्वासी बस्ती खाली गराउने अभियान जारी राखेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *