Friday, June 05, 2026
Home > स्थानीय समाचार > कोशीका ४ जिल्लामा लागुऔषधविरुद्ध अपरेसन: १४ जना पक्राउ

कोशीका ४ जिल्लामा लागुऔषधविरुद्ध अपरेसन: १४ जना पक्राउ

विराटनगर । झापा, मोरङ, सुनसरी र इलामका विभिन्न स्थानबाट प्रहरीले प्रतिबन्धित लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ।

शुक्रबार गरिएको विशेष अपरेसनमा ब्राउन सुगर र अन्य प्रतिबन्धित औषधीसहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो। झापामा सबैभन्दा बढी पक्राउ परेका छन् भने मोरङ, सुनसरी र इलामबाट पनि आरोपीहरू समातिएका छन्।

प्रहरीले सबै घटनामा थप अनुसन्धान जारी राखेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *