काठमाडौं । सांसद मनमाया विकले सुकुम्वासीको अवस्थाबारे सरकारमाथि गम्भीर आरोप लगाएकी छन्।
प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सुकुम्वासीलाई डर र त्रासमा राखेर हटाउने प्रक्रिया मानवअधिकारविपरीत भएको टिप्पणी गरिन्।
वैकल्पिक व्यवस्था बिना गरिएको कारबाहीले गरिब तथा सुकुम्वासी समुदायलाई गम्भीर समस्यामा पारेको उनको भनाइ छ।


