Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सुदन किराँतीको आरोप : रास्वपा अलोकतान्त्रिक दिशातर्फ गयो

सुदन किराँतीको आरोप : रास्वपा अलोकतान्त्रिक दिशातर्फ गयो

काठमाडौं । श्रम संस्कृति पार्टीमा प्रवेश गरेका नेता सुदन किराँतीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अलोकतान्त्रिक र तानाशाही प्रवृत्तितर्फ उन्मुख भएको आरोप लगाएका छन्।

काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकार र केही राजनीतिक दलहरूमा लोकतान्त्रिक अभ्यास कमजोर हुँदै गएको टिप्पणी गरे।

किराँतीले पुराना दलहरूमा आन्तरिक लोकतन्त्रको अभाव रहेको दाबी गर्दै आफूले त्यसै कारण पार्टी परिवर्तन गरेको बताए।

उनले अबको राजनीति प्रकृति, संस्कृति र प्रविधिको समायोजनमा आधारित हुनुपर्नेमा जोड दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *