Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सुदूरपश्चिम कांग्रेसको निष्कर्ष : विशेष महाधिवेशनपछिको नेतृत्व असफल, देउवामाथिका आरोप पुनः समीक्षा गर्न माग

सुदूरपश्चिम कांग्रेसको निष्कर्ष : विशेष महाधिवेशनपछिको नेतृत्व असफल, देउवामाथिका आरोप पुनः समीक्षा गर्न माग

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले विशेष महाधिवेशनबाट बनेको केन्द्रीय नेतृत्व जनअपेक्षा पूरा गर्न असफल भएको निष्कर्ष निकालेको छ।

धनगढीमा सम्पन्न भेलाले १५औँ महाधिवेशन निष्पक्ष बनाउन तटस्थ निर्वाचन समिति गठन गर्नुपर्ने र पार्टीभित्र देखिएको गुटबन्दी अन्त्य गर्नुपर्ने माग गरेको छ।

भेलाले निवर्तमान सभापति शेरबहादुर देउवामाथि लागेका आरोप–प्रत्यारोपको पुनः समीक्षा गर्न पनि आग्रह गरेको छ। साथै, सरकारको कार्यशैली, मलको अभाव, मूल्यवृद्धि र सुकुमबासी व्यवस्थापनमा देखिएको कमजोरीप्रति कडा आलोचना गरिएको छ।

नेतृत्वलाई सदनमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न र पार्टीलाई एकताबद्ध बनाउन लचकता अपनाउन सुझाव दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *