Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सुधन गुरुङले भिड नेतृत्व गरेपछि झडप भएको आयोगको निष्कर्ष

सुधन गुरुङले भिड नेतृत्व गरेपछि झडप भएको आयोगको निष्कर्ष

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा सुधन गुरुङले भिडको नेतृत्व लिएपछि सुरक्षाकर्मीसँग झडप भएको निष्कर्ष निकालेको छ।

आयोगको प्रतिवेदनअनुसार भदौ २३ गते एभरेष्ट होटेलअगाडि ठूलो भिड जम्मा भएपछि गुरुङले नेतृत्व लिएलगत्तै प्रदर्शनकारीहरू आक्रोशित भई निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेका थिए।

त्यसपछि सुरक्षाकर्मीसँग झडप र मुठभेड भएको तथा त्यसपछि मात्र अश्रुग्यास र पानीको फोहरा प्रयोग भएको प्रतिवेदनमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *