काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भूमिका रहेको भन्दै ‘तिब्बतीयन ओरिजन ब्लड (टीओबी)’ समूहमाथि अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ।
आयोगको प्रतिवेदनमा माइतीघरमा भएको शान्तिपूर्ण प्रदर्शनलाई संसद् भवनतर्फ मोडेर भिड उक्साउने र सुरक्षा निकायविरुद्ध हिंसात्मक गतिविधिमा प्रेरित गरेको आरोप उल्लेख छ।
आयोगले घटनामा संलग्न अन्य व्यक्तिहरूमाथि पनि सूक्ष्म अनुसन्धान गरी दोषी देखिए कानुनी कारबाही गर्न सुझाव दिएको छ।


