Friday, June 05, 2026
Home > आर्थिक समाचार > सुनचाँदीको मूल्य घट्यो, बजारमा गिरावटको प्रभाव

सुनचाँदीको मूल्य घट्यो, बजारमा गिरावटको प्रभाव

काठमाडौं — नेपाली बजारमा सुन र चाँदीको मूल्य मंगलबार घटेको छ। अघिल्लो दिनको तुलनामा सुन प्रतितोला ३ हजार ८ सय रुपैयाँले घटेर २ लाख ९१ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सोमबार सुन २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १५० रुपैयाँले घटेर ४ हजार ८ सय ८० रुपैयाँ कायम भएको छ। सोमबार चाँदी ५ हजार ३० रुपैयाँमा कारोबार भएको थियो।

मूल्य घटेसँगै बजारमा सुनचाँदी कारोबारमा सामान्य प्रभाव देखिएको व्यवसायीहरूले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *