काठमाडौं । नेपाली बजारमा बिहीबार सुन र चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेर ३ लाख ११ हजार १०० रुपैयाँ कायम भएको छ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला ८५ रुपैयाँले घट्दै ५ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ।


