काठमाडौं — नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहँदै प्रतितोला २ लाख ९४ हजार रुपैयाँ कायम भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य भने ५० रुपैयाँले बढेर प्रतितोला ४ हजार ८३० रुपैयाँ पुगेको छ।
अन्तर्राष्ट्रिय बजारको प्रभावले पछिल्ला दिनमा उतारचढाव भए पनि साताको अन्तिम दिन सुन स्थिर र चाँदीमा हल्का वृद्धि देखिएको हो।


