सुर्खेतमा पहिलोपटक आयोजना हुन लागेको यू–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदैछ। नेपाल क्रिकेट संघ ले प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो।
जेठ २२ देखि असार १ गतेसम्म चल्ने प्रतियोगितामा सातै प्रदेशका टोली सहभागी हुनेछन्। लिग चरणपछि शीर्ष दुई टोलीले उपाधिका लागि फाइनल खेल्नेछन्।
प्रतियोगितालाई आगामी यू–१९ महिला विश्वकपका लागि नेपाली टोली छनोटको आधार मानिएको छ। विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।


