Friday, June 12, 2026
Home > राष्ट्रिय समाचार > सुशासनका लागि राष्ट्रिय सदाचार नीति लागू गर्न सांसद सिंहको माग

सुशासनका लागि राष्ट्रिय सदाचार नीति लागू गर्न सांसद सिंहको माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले सरकारले सुशासन कायम गर्न राष्ट्रिय सदाचार नीति २०७४ तत्काल लागू गर्नुपर्ने बताएका छन्।

प्रतिनिधिसभामा बोल्दै उनले सुशासनका लागि यो नीति कार्यान्वयन र सार्वजनिक सम्पत्तिसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्नु आवश्यक रहेको बताए। उनका अनुसार सरकारी तथा गुठी जग्गा अतिक्रमणको विषयमा पनि सरकार गम्भीर हुनुपर्नेछ।

सिंहले सरकारले पारदर्शिता र जवाफदेहिताप्रति प्रतिबद्धता देखाउनुपर्ने भन्दै सार्वजनिक सम्पत्तिको संरक्षणमा कडाइ गर्न आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *