राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुस्बु ओलीले भारतसँगको सीमा विवादमा सरकारले स्पष्ट र दृढ अडान लिन नसकेको आरोप लगाएकी छन्।
प्रतिनिधिसभा बैठकमा बोल्दै उनले हालैको परराष्ट्रमन्त्रीको भारत भ्रमणका क्रममा सीमा विवादलाई प्राथमिकतामा नपारिएको दाबी गरिन्। भ्रमण तथा त्यसपछिका प्रेस नोटमा समेत सीमा विषय नउठाइएको भन्दै उनले सरकारको कूटनीतिक कमजोरी औंल्याइन्।
ओलीले सीमा जस्तो राष्ट्रिय हितसँग जोडिएको विषयमा सरकार गम्भीर हुनुपर्ने आवश्यकता समेत औंल्याएकी छन्।


