Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सेबोन अध्यक्ष सिफारिस समितिका संयोजक गुणाकर भट्टले हितसङ्घर्षका कारण दिए राजीनामा

सेबोन अध्यक्ष सिफारिस समितिका संयोजक गुणाकर भट्टले हितसङ्घर्षका कारण दिए राजीनामा

नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष सिफारिस समितिका संयोजक राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टले राजीनामा दिएका छन्।

४७ जनाले अध्यक्ष पदका लागि आवेदन दिएकोमा आफ्नै नातेदारसमेत सहभागी भएपछि हितसङ्घर्षको कारण देखाउँदै उनले राजीनामा दिएका हुन्।

भट्टको राजीनामापछि सेबोनको अध्यक्ष छनोट प्रक्रिया रोकिएको छ। अब सरकारले नयाँ संयोजक तोकेपछि मात्रै प्रक्रिया अघि बढ्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *