Friday, June 05, 2026
Home > आर्थिक समाचार > सेयर बजारमा उछाल : नेप्से २९३१ अंकमा, २३ अर्बभन्दा बढीको कारोबार

सेयर बजारमा उछाल : नेप्से २९३१ अंकमा, २३ अर्बभन्दा बढीको कारोबार

काठमाडौँ — आइतबार नेप्से परिसूचक ५४.५१ अंकले बढेर २९३१ अंकमा पुगेको छ, जुन करिब ८ महिनयताकै उच्च स्तर हो।

आज २३ अर्ब ५९ करोड रुपैयाँको कारोबार भएको छ, जुन गत साउन ११ गतेयताकै उच्च स्तर हो। १८३ कम्पनीको मूल्य बढ्दा ७३ को घटेको छ। माइक्रोफाइनान्स समूह सबैभन्दा धेरै ४.२१ प्रतिशतले बढेको छ।

१० कम्पनीको मूल्य १० प्रतिशत बढेको छ, जसमा रिलायन्स स्पिनिङ मिल्स, कर्पोरेट डेभलपमेन्ट बैंक र साल्पा विकास बैंक प्रमुख छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *