Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > स्वरसम्राज्ञी आशा भोसलेको आज राजकीय सम्मानसहित अन्त्येष्टि

स्वरसम्राज्ञी आशा भोसलेको आज राजकीय सम्मानसहित अन्त्येष्टि

नयाँ दिल्ली । सुप्रसिद्ध गायिका आशा भोसलेको आज (सोमबार) मुम्बईस्थित शिवाजी पार्कमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदैछ।

९२ वर्षको उमेरमा आइतबार ब्रीच क्यान्डी अस्पतालमा उनको निधन भएको थियो। लामो समयदेखि उमेरजन्य स्वास्थ्य समस्याबाट पीडित उनी शनिबार राति अस्पताल भर्ना भएकी थिइन्।

करिब आठ दशक लामो सांगीतिक यात्रामा उनले हजारौँ गीतमा स्वर दिँदै भारतीय संगीतमा अमिट छाप छोडेकी थिइन्। पद्म विभूषणबाट सम्मानित भोसलेको निधनसँगै संगीत क्षेत्रमा एक युगको अन्त्य भएको अनुभूति गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *