काठमाडौं । स्वास्थ्य बिमा कार्यक्रम व्यवस्थापन कमजोर हुँदा प्रणाली जटिल र अव्यवस्थित बनेको छ। निजी अस्पतालमा ओपीडी सेवा बन्द भएपछि सरकारी अस्पतालमा बिरामीको चाप बढेको छ।
स्वास्थ्य बिमा बोर्डका अनुसार अस्पताललाई तिर्नुपर्ने बक्यौता रकम करिब १७ अर्ब रुपैयाँ पुगेको छ। प्रक्रिया जटिल, भुक्तानी ढिलाइ र सेवा व्यवस्थापन कमजोर हुँदा बिमित सेवाग्राहीले पनि अस्पतालमा लामो लाइन र झन्झट भोग्नुपरेको छ।


