महोत्तरीको जलेश्वरमा हावाहुरीसहितको वर्षा र असिनापानीपछि बजार क्षेत्र जलमग्न भएको छ।
ढल निकास कमजोर हुँदा नगरपालिका चोक, मीनाबजारलगायत क्षेत्र डुबानमा परेका छन्। सडकमा पानी जम्दा पैदल हिँड्न र सवारी चलाउन कठिन भएको स्थानीयले बताएका छन्।
सरकारी तथा निजी कार्यालय परिसरसमेत पानीले डुबानमा परेपछि जनजीवन प्रभावित बनेको छ।


