काठमाडौं — संसद बैठक बहिष्कारपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै देशमा “प्रधानमन्त्री नै नभएको” टिप्पणी गरेका छन्।
संसदबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रधानमन्त्री संसदमा उपस्थित नहुने, नीति तथा कार्यक्रममाथि छलफलका लागि पर्याप्त समय नदिइएको र सत्तारुढ दलले मनोमानी ढंगले संसद चलाइरहेको आरोप लगाए।
साम्पाङले सांसदलाई अध्ययनका लागि धेरै सामग्री दिएर छोटो समयमै छलफल गराउन खोजिएको भन्दै यसको मूल्यांकन जनताले गर्ने बताए।


