काठमाडौं — इरानी समाचार एजेन्सीहरूले होर्मुज जलमार्गमा बारुदी सुरुङ बिछ्याइएको संकेत गर्ने नक्सा सार्वजनिक गरेका छन्।
नक्सामा मुख्य ढुवानी मार्गलाई ‘खतरनाक क्षेत्र’ भन्दै चिन्हित गरिएको छ र जहाजहरूलाई लारक टापु नजिकको वैकल्पिक मार्ग प्रयोग गर्न सुझाइएको छ।
यसबीच इरानले जलमार्ग बन्द गरेको दाबी गरेको छ भने अमेरिकाले त्यसलाई अस्वीकार्य भनेको छ।


