काठमाडौँस्थित राधास्वामी आश्रममा रहेका ५२ जना बालबालिका आजदेखि नजिकैको जनकल्याण माध्यमिक विद्यालयमा पढ्न जान थालेका छन्। महानगरको शिक्षा विभागले अभिभावकसँग परामर्श गरी पढाइ निरन्तरता दिने योजना अघि बढाएको हो।
छात्राबासमा राखेर पढाउन ३० जना बालबालिका इच्छुक देखिएका छन् भने केहीले असहमति जनाएका छन्। महानगरले सिपमूलक तालिम र आवश्यक शैक्षिक सामग्रीको व्यवस्था गर्ने तयारी पनि गरेको छ।
संस्थागत विद्यालयका संगठनहरूले समेत आवाससहित निःशुल्क शिक्षामा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।




