काठमाडौं महानगरपालिकाले राधास्वामी सत्सङ्ग व्यास आश्रमको ‘होल्डिङ सेन्टर’मा रहेका १४ बालबालिकालाई होस्टल सुविधासहित कक्षा १० सम्म निःशुल्क अध्ययनको व्यवस्था गरेको छ। महानगरले प्याब्सन र एनप्याब्सनअन्तर्गतका १३ विद्यालयसँग सम्झौता गर्दै आइतबारदेखि नियमित पढाइ सुरु गराउने जनाएको छ। कार्यवाहक प्रमुख सुनिता डङ्गोल ले बालबालिकाको शिक्षा अधिकार सुनिश्चित गर्न महानगर प्रतिबद्ध रहेको बताएकी छन्।


