अमेरिकाको राष्ट्रपति भवन ह्वाइट हाउस बाहिर गोलीकाण्ड हुँदा सुरक्षा निकायका एजेन्टमाथि आक्रमण गर्ने संदिग्धको घटनास्थलमै मृत्यु भएको छ। घटनामा एक सर्वसाधारण पनि घाइते भएका छन्।
गोली चलेपछि ठूलो संख्यामा सुरक्षा बल परिचालन गरिएको थियो र क्षेत्र केही समयका लागि ‘लकडाउन’ गरिएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प त्यही समयमा ह्वाइट हाउसमै रहेको बताइएको छ। घटनाबारे अनुसन्धान जारी छ।


