Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > १५ दिनभित्र बसपार्क क्षेत्र खाली गर्न पोखरा नगर विकास समितिको निर्देशन

१५ दिनभित्र बसपार्क क्षेत्र खाली गर्न पोखरा नगर विकास समितिको निर्देशन

पोखरा उपत्यका नगर विकास समितिले पृथ्वीचोकस्थित बसपार्क क्षेत्रभित्र बनेका पसल, टहरा तथा अन्य अतिक्रमित संरचना १५ दिनभित्र हटाउन निर्देशन दिएको छ। तोकिएको समयभित्र संरचना नहटाए समितिले आफैं हटाएर खर्चसमेत सम्बन्धित पक्षबाट असुल गर्ने जनाएको छ।

बसपार्क निर्माणका लागि अधिग्रहण गरिएको २०५ रोपनी जग्गामध्ये हाल करिब ६० रोपनी मात्र बाँकी रहेको बताइएको छ। महानगरले वास्तविक सुकुम्वासीको व्यवस्थापन गर्दै अतिक्रमित क्षेत्र खाली गराएर आधुनिक बसपार्क निर्माण अघि बढाउने तयारी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *