एमालेकी पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारी पार्टी पुनर्गठन अभियानमा सक्रिय बनेकी छन्। उनले शुक्रबार पार्टीका पदाधिकारी र १४ जनवर्गीय संगठनका प्रतिनिधिहरूसँग छलफल गरेकी हुन्।
पार्टी अध्यक्ष केपी शर्मा ओली कमजोर राजनीतिक अवस्थाबीच विशेष महाधिवेशनको चर्चा भइरहेका बेला भण्डारीको सक्रियता बढेको हो। छलफलमा एमाले सचिव भानुभक्त ढकाल पनि सहभागी भएका थिए।
भण्डारीले पहिले नै सक्रिय राजनीतिमा फर्किने घोषणा गरेकी भए पनि पार्टीले सदस्यता नवीकरण नगरेपछि विवाद जारी छ।


