Friday, June 05, 2026
Home > मुख्य समाचार > २०८२ : आन्दोलन, सत्ता परिवर्तन र राजनीतिक उथलपुथलको वर्ष

२०८२ : आन्दोलन, सत्ता परिवर्तन र राजनीतिक उथलपुथलको वर्ष

काठमाडौं । वर्ष २०८२ नेपालका लागि राजनीतिक रूपमा निकै उतारचढावपूर्ण रह्यो। भदौमा सामाजिक सञ्जाल प्रतिबन्धपछि सुरु भएको नवयुवा आन्दोलन हिंसात्मक बन्दै ७२ जनाको ज्यान गयो र राज्यका प्रमुख संरचनामा क्षति पुग्यो।

आन्दोलनपछि तत्कालीन सरकार विस्थापित भई पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार गठन भयो। त्यसले फागुन २१ मा निर्वाचन गराउँदै नयाँ सरकारको मार्ग प्रशस्त गर्‍यो।

निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बहुमतसहित उदाउँदै परम्परागत दलहरू कमजोर बने। नयाँ सरकारले सुशासन र सुधारलाई प्राथमिकता दिएको छ।

यसैबीच, आन्दोलनसँग जोडिएका घटनामा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, रमेश लेखकसहितका नेतामाथि अनुसन्धान र कानुनी प्रक्रिया अघि बढ्यो।

पुराना दलहरूभित्र पनि आन्तरिक विवाद चुलियो। एमाले, माओवादी र कांग्रेसमा नेतृत्व परिवर्तन र महाधिवेशनका विषयमा तीव्र मतभेद देखिए, जसले वर्षभर राजनीतिक अस्थिरता झल्कायो।

फोटो:प्रतिकात्मक तस्विर

Leave a Reply

Your email address will not be published. Required fields are marked *