Friday, June 05, 2026
Home > स्थानीय समाचार > गाईघाट बजारमा सडकपेटी व्यापार रोक्न नगरपालिकाको निर्देशन

गाईघाट बजारमा सडकपेटी व्यापार रोक्न नगरपालिकाको निर्देशन

उदयपुर: त्रियुगा नगरपालिका ले गाईघाट बजारका मुख्य सडकपेटीमा व्यापार नगर्न फुटपाथ व्यापारीलाई निर्देशन दिएको छ।

नगरपालिकाले करिब २२५ व्यापारीलाई सचेतना प्रशिक्षण दिँदै सडकपेटी खाली राख्न आग्रह गरेको हो।

नगर प्रहरीका अनुसार सडकपेटी कब्जा गरेर व्यापार गर्दा आवागमनमा अवरोध भएपछि वैकल्पिक स्थान उपलब्ध गराउने तयारीसमेत गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *