Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > २७ दिनपछि सुर्खेतकी इनिशाको शव आफन्तले बुझ्दै

२७ दिनपछि सुर्खेतकी इनिशाको शव आफन्तले बुझ्दै

सुर्खेत — सुर्खेतकी १६ वर्षीया इनिशा विकको मृत्यु प्रकरणमा २७ दिनपछि परिवारले शव बुझ्ने भएका छन्। बिहीबार भेरी पुल नजिकको सम्झिघाटमा दाहसंस्कार गरिने तयारी गरिएको छ।

फागुन २३ गते मृत अवस्थामा फेला परेकी इनिशा बलात्कारपछि हत्या प्रकरणका चार अभियुक्तहरू बाल सुधार गृह पठाइएपछि कानुनी प्रक्रिया पूरा भएको थियो। शव लामो समयसम्म अस्पतालमा राखिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *