Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > ४२ जाहेरी तामेलीबाट निकालेर एक पुनः सक्रिय, प्रहरीद्वारा प्रमाण संकलन जारी

४२ जाहेरी तामेलीबाट निकालेर एक पुनः सक्रिय, प्रहरीद्वारा प्रमाण संकलन जारी

जेनजी आन्दोलनका क्रममा भएको ४९ जनाको मृत्यु प्रकरणमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकमाथि अनुसन्धान अघि बढाइएको छ। यसअघि ४२ परिवारले दिएका जाहेरी जिल्ला सरकारी वकिल कार्यालयले तामेलीमा राखेको थियो। तर हालको सरकार र जाँचबुझ आयोगको सिफारिसपछि तीमध्ये एक जाहेरी पुनः सक्रिय (जगाइएको) गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनाका भिडियो, फोटो र प्रत्यक्षदर्शीका बयान संकलन भइरहेको छ। ओली र लेखकमाथि अनुसन्धान जारी रहे पनि उनीहरू हाल हाजिरी जमानीमा रहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *