Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > ५३ वर्षदेखि अतिक्रमित सरकारी जग्गा खाली, डोजर चलाएर संरचनाहरू हटाइयो

५३ वर्षदेखि अतिक्रमित सरकारी जग्गा खाली, डोजर चलाएर संरचनाहरू हटाइयो

धनुषा, १३ बैशाख। मिथिला नगरपालिकाको ढल्केबर क्षेत्रमा ५३ वर्षदेखि अतिक्रमण गरिएको सरकारी जग्गा खाली गरिएको छ। संघीय सरकारको निर्देशनपछि नगरपालिकाले प्रहरीको सहयोगमा डोजर चलाएर पक्की भवन, घरटहरा र पसलहरू भत्काएको हो।

सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई सचेत गराउँदै नगरपालिकाले केही दिनअघि सूचना जारी गरेको थियो। पुरानो पूर्वपश्चिम महेन्द्र राजमार्गको आसपासमा निर्माण भएका यी संरचनाहरू हटाएसँगै सडक पुनः खुला गरिएको छ।

नगर प्रमुख महेन्द्र महतोका अनुसार अब सडकको मापदण्ड कायम गरेर आवागमनलाई सहज बनाइने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *