Thursday, June 04, 2026
Home > राष्ट्रिय समाचार > ७०० भन्दा बढी उजुरीमाथि कांग्रेस अनुशासन समितिको छलफल

७०० भन्दा बढी उजुरीमाथि कांग्रेस अनुशासन समितिको छलफल

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु भएको छ। बैठकमा पार्टीभित्रका विभिन्न अनुशासनसम्बन्धी विषय र ७०० भन्दा बढी उजुरीमाथि छलफल भइरहेको छ।

समिति सचिव दिनेश थापामगरका अनुसार निर्वाचनका क्रममा पार्टीविरुद्ध गतिविधि गरेको आरोपसहित दर्ता भएका उजुरीबारे कारबाहीको विषयमा बैठक केन्द्रित छ।

यसअघि अनुशासन उल्लंघन गरेको आरोपमा रामेछापका जिल्ला सभापति पूर्णबहादुर तामाङलाई पदबाट निलम्बन गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *