Wednesday, March 11, 2026
Home > स्थानीय समाचार > सुर्खेतमा बलात्कारपछि हत्या भएकी इनिसाका लागि वीरेन्द्रनगरमा प्रदर्शन

सुर्खेतमा बलात्कारपछि हत्या भएकी इनिसाका लागि वीरेन्द्रनगरमा प्रदर्शन

सुर्खेत — २७ फागुन, प्रदेश राजधानी वीरेन्द्रनगरमा इमिसा विकको बलात्कारपछि हत्या भएको घटनाको निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन भएको छ। पीडित परिवार, आफन्त र अधिकारकर्मीहरूले “इनिशालाई न्याय देऊ” जस्ता नारा सहित खबरदारी र्‍याली सुरु गरेर जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका छन्।

इनिसा २३ फागुन बिहान वीरेन्द्रनगर–४, शहीद पार्क नजिक बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पतालमा मृत घोषित भइन्। प्रहरीले घटनामा संलग्न चार जना १८ वर्षमुनिका नाबालकलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ। चिकित्सकीय रिपोर्ट आउन बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *