वीरगंज । त्रिभुवन राजपथ विस्तार अभियानअन्तर्गत वीरगंजमा ठूलो संख्यामा घरटहरा भत्काइएपछि क्षेत्र अस्तव्यस्त बनेको छ।
सडक डिभिजन कार्यालयको डोजर कारबाहीमा करिब १,२०० भन्दा बढी संरचना भत्काइएपछि स्थानीय सडकमा विस्थापित भएका छन्। गण्डकदेखि भन्सार क्षेत्रसम्म ७ किलोमिटर क्षेत्रमा एकसाथ भत्काइ गरिएको हो।
अव्यवस्थित अवस्था नियन्त्रण गर्न वीरगंज महानगरपालिकाले सरसफाइ सुरु गरेको छ भने प्रभावित बासिन्दाले सरकारविरुद्ध अदालत जाने तयारी गरेका छन्।
भत्काइपछि विद्युत, पानी र इन्टरनेट सेवा अवरुद्ध हुँदा जनजीवन थप प्रभावित भएको छ।


