Wednesday, March 11, 2026
Home > स्थानीय समाचार > धरानमा लागुऔषधसहित चार युवक पक्राउ

धरानमा लागुऔषधसहित चार युवक पक्राउ

धरान । सुनसरीको धरान–६ पानबारी सुकुम्बासी टोलबाट लागुऔषधसहित चार युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा युवराज लिम्बू (२७), उत्सव विक (२०), सौगात कटुवाल (२६) र रुपेश राई (२६) रहेका छन्। उनीहरूको साथबाट ट्रामाडोल २४० क्याप्सुल र डिकोलिक २३५ ट्याब्लेट बरामद भएको छ।

प्रहरीले चारै जनालाई इलाका प्रहरी कार्यालय धरानमा राखेर थप अनुसन्धान अघि बढाएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *