Thursday, March 12, 2026
Home > अन्तराष्ट्रिय समाचार > रणनीतिक भण्डारबाट ४० करोड ब्यारेल तेल निकाल्ने घोषणा

रणनीतिक भण्डारबाट ४० करोड ब्यारेल तेल निकाल्ने घोषणा

काठमाडौँ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) ले मध्यपूर्वमा बढ्दो तनावका कारण तेल बजार स्थिर राख्न रणनीतिक भण्डारबाट ४० करोड ब्यारेल तेल निकाल्ने घोषणा गरेको छ।

बीबीसीका अनुसार आईईएका ३२ सदस्य देशले सर्वसम्मतिले यो निर्णय गरेका हुन्। बजारमा ल्याइने तेल झन्डै चार दिनको विश्व माग बराबर हुने बताइएको छ।

एजेन्सीले आपत्कालीन भण्डारबाट तेल सदस्य देशहरूको आवश्यकताअनुसार उपलब्ध गराइने जनाएको छ। अमेरिका–इजरायल र इरानबीचको तनावका कारण हर्मुज समुद्री मार्ग प्रभावित भएपछि कच्चा तेलको आपूर्ति र मूल्यमा दबाब बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *