काठमाण्डौ। नासाको आर्टिमिस–२ मिसनअन्तर्गत चार जना अन्तरिक्ष यात्रीसहितको अन्तरिक्षयान चन्द्रमाको परिक्रमा पूरा गरी पृथ्वीतर्फ फर्किरहेको छ।
१० दिन लामो यो अभियान सन् १९७२ पछि पहिलो मानवसहितको चन्द्रमातर्फको यात्रा हो। फर्किने क्रममा यान उच्च गतिमा पृथ्वीको वायुमण्डलमा प्रवेश गर्नेछ, जसलाई जोखिमपूर्ण चरण मानिन्छ।
अन्तरिक्षयान प्रशान्त महासागरमा अवतरण गर्ने तयारीमा रहेको नासाले जनाएको छ।


