Friday, March 13, 2026
Home > स्थानीय समाचार > मोरङबाट फरार प्रतिवादी पक्राउ

मोरङबाट फरार प्रतिवादी पक्राउ

विराटनगर — बैंकिङ कसुर मुद्दामा अदालतबाट ५ वर्ष कैद र ४४ लाख ६२ हजार रुपैयाँभन्दा बढी जरिबाना तोकिएका फरार प्रतिवादी मोरङबाट पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय सिजुवाको टोलीले रतुवामाई नगरपालिका–५ का ४० वर्षीय साजाहक मियाँलाई बिहीबार पक्राउ गरेको हो। जिल्ला अदालत मोरङले उनलाई २०८० चैत ७ गते उक्त सजाय सुनाएको थियो।

यसैबीच चोरी मुद्दामा ४ दिन कैद र १ हजार रुपैयाँ जरिबाना तोकिएका रतुवामाई–५ का २४ वर्षीय अजय कटवाल पनि पक्राउ परेका छन्। प्रहरीले दुवै जनालाई अदालतमा उपस्थित गराएर कारागार चलान गर्ने तयारी गरेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *