Friday, June 05, 2026
Home > स्थानीय समाचार > काठमाडौंमा आजदेखि रात्री बस सेवा सुरु

काठमाडौंमा आजदेखि रात्री बस सेवा सुरु

काठमाडौं । काठमाडौं महानगरपालिका ले साझा यातायात सँगको सहकार्यमा आजदेखि रात्री बस सेवा सञ्चालनमा ल्याएको छ।

यो सेवा बेलुका ८:०० बजेदेखि राति ११:०० बजेसम्म सञ्चालन हुनेछ। प्रारम्भिक चरणमा दुई प्रमुख रुटमा बस सेवा सञ्चालन गरिनेछ:

बुढानीलकण्ठ – लगनखेल

विमानस्थल – थानकोट

महानगरका अनुसार, रात्रीकालीन समयमा यात्रुहरूको आवतजावतलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन यो सेवा सुरु गरिएको हो। यसले विशेषगरी कामकाजी तथा राति यात्रा गर्ने सर्वसाधारणलाई राहत पुग्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *